नागरिक लगानी कोषको लाभांश घोषणा

May 14, 2023 01:06 PM Merolagani



नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कोषले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनर्थ १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैशाख २९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल सरकार। अर्थमन्त्रालयबाट सहमति प्राप्त भई वार्षिक साधारण सभाबाट स्वीकूत भएपश्चात सो लाभांश वितरण गरिनेछ।