लाभांश वितरण तथा एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न समीट लघुवित्तले बोलायो साधारण सभा

May 23, 2023 09:27 AM Merolagani



समीट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFDB) ले लाभांश वितरण तथा एफपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले जेठ ३० गते, अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा चौधौ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १३.५६२७५३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१३८२९ प्रतिशतका दरले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै बोनस शेयर वितरणपश्चात कायम हुने संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपात मिलन गर्न ८ लाख ५३ हजार ६६५ कित्ता शेयर प्रिमियममा एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले जेठ १८ गतेदेखि साधारण सभा सम्पन्न नहुञ्जेलसम्मका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।