लाभांश वितरण तथा एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न समीट लघुवित्तले बोलायो साधारण सभा

May 23, 2023 09:27 AM Merolagani



समीट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFDB) ले लाभांश वितरण तथा एफपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले जेठ ३० गते, अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा चौधौ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १३.५६२७५३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१३८२९ प्रतिशतका दरले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै बोनस शेयर वितरणपश्चात कायम हुने संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपात मिलन गर्न ८ लाख ५३ हजार ६६५ कित्ता शेयर प्रिमियममा एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले जेठ १८ गतेदेखि साधारण सभा सम्पन्न नहुञ्जेलसम्मका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।