मर्जर प्रस्ताव पारित गर्न सनराइज बैंकले बोलायो साधारण सभा

May 24, 2023 08:20 AM Merolagani



सनराइज बैंक लिमिटेड (SRBL) ले लक्ष्मी बैंक लिमिटेडसँग मर्ज हुने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

बैंकले असार ३ गते, आइतबार, आम्रपालि बैङ्क्वेट्स, बालुवाटारमा पन्ध्रोँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभामा भर्चुअल रुपमा पनि सहभागिता जनाउन सकिनेछ। बैंकको सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा मर्ज हुन डिडिएका आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात पारित गर्ने, मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले जेठ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।