एशियन हाइड्रोपावरले डाक्यो साधारण सभा

May 25, 2023 09:19 AM Merolagani



एशियन हाइड्रोपावर लिमिटेड (AHL) ले जेठ ३२ गते द ईन्ट्रान्स क्याफे, ललितपुरमा चौथो वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम रजिष्टर्ड कार्यालयबो ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अन्य संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।