एलन मस्क पुनः बने विश्वका सर्वाधिक धनी व्यक्ति

Jun 01, 2023 09:55 AM Merolagani

एलन मस्क पुन विश्वका सर्वाधिक धनी व्यक्ति भनेका छन्। उनले फ्रान्सका व्यापारी बर्नार्ड आर्नल्टलाई पछि पार्दै सो स्थान हासिल गरेका हुन्।

पछिल्लो एक महिनामा टेस्ला कम्पनीको शेयर २५ प्रतिशत बढेको छ। जसका कारण मस्कको नेटवर्थमा वृद्धि देखिएको छ। अर्कोतर्फ बर्नार्ड आर्नल्टको सम्पत्तीमा भने पछिल्लो समय घटेको छ।

३१ मे, २०२३ मा मस्कको कुल सम्पत्ती १.९८ बिलियन डलर बढेको छ। सो वृद्धिपछि मस्कको सम्पत्ती १९२ बिलियन डलर पुगेको छ। सो दिन बर्नार्ड आर्नल्टको सम्पत्ती ५.२५ बिलियन डलर घटेर १८७ बिलियन डलरमा झरेको छ।

मे महिना मस्कका लागि राम्रो साबित भएको छ। सो महिनामा उनको सम्पत्ती २९ बिलियन डलर बढेको छ। मेको सुरुवातमा उनको सम्पत्ती १६३ बिलियन डलर थियो जबकी मे महिनाको अन्त्यमा १९२ बिलियन डलर पुगेको छ। त्यस्तै, सन् २०२३ को पहिलो ५ महिनासम्ममा मस्कको सम्पत्ती ५५.३ बिलियन डलर बढेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।