बजाज डोमिनार ४०० को मूल्य ६० हजार रुपैयाँले घट्यो, रोयल इनफिल्ड, केटीएमको कति घट्यो ?

Jun 01, 2023 12:11 PM Merolagani



आगामी आर्थिक बर्षमा कर घटेपछि बजाजले डोमिना ४०० मोडलको मूल्य घटाएको छ । अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको अगामी बर्षको बजेटमा २०० देखि २५० सीसीसम्मका मोटरसाइकल २० प्रतिशत र अन्तःशुल्क घटाइएका थिए ।

त्यस्तै २५० सीसी माथि ४०० सीसीसम्मका मोटरसाइकलमा लगाउँदै आएको सडक निर्माण दस्तुर ३० हजारले घट्यो भने ९० प्रतिशत अन्तःशुल्क लाग्दै आएको अन्तशुल्क घटाएर ६० प्रतिशत कायम गरिएपछि मोटरसाइकल कम्पनीहरु मूल्य घटाउन थालेका हुन ।

बजेटमा कर घटेपपछि युवा माझ लोकप्रिय बजाज डोमिनार ४०० को मूल्य ६० हजार रुपैयाँले घटेको छ । कम्पनीका अनुसार बजेट अघि ६ लाख ५९ हजार ९०० मा मूल्य तोकेर विक्री हुँदै आएको डोमिनार ४०० को मूल्य घटाएर ५ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ । यो बाहेक बजाज २२०, बेनेली, यामाहा २५० को पनि मूल्य घट्ने छ ।

त्यसैगरी २००देखि ४०० सेग्मेन्टका रोयल इनफिल्ड, केटीएम, हस्कभर्ना, जावा, होन्डाको हाइनेस ३५० को मूल्य पनि ६०देखि ६५ हजार मूल्य घट्ने छ । यद्दपी अन्य कम्पनीले भने नयाँ मूल्य सूची सार्वजनिक गरेका छैनन ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।