प्रधानमन्त्री प्रचण्ड,रवि लामिछानेपछि बालेन पनि भारततर्फ

Jun 01, 2023 08:12 PM Merolagani



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत लागेका छन् । बिहीबार बालेन आफ्नी पत्नी सविना काफ्लेसँग भारत गएका हुन् । शाहले उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर भारत गएको बताइएको छ ।

आफू कामको सिलसिलामा जेठ १८ गतेदेखि काठमाडौं बाहिर जानुपर्ने भएकोले फर्कि नआएसम्मकालागि कार्यवाहक प्रमुख भएर काम गर्न बालेनले सूचना जारी गरेका छन् । यद्यपी भारत जानुको ठोस कारणबारे भने उनले खुलाएका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला भारत भ्रमणमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछाने पनि पत्नी निकिता पौडेलकासाथमा भारत लागेका छन् । निजी कामले मुम्बईमा रहेकाे रविले फेसबुकमा स्टाटस लेख्दै बताएका थिए ।

यिनै खबरबीच काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाहको भारत भ्रमणलाई लिएर यतिबेला अनेकौं अड्कलबाजी गरिएको छ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।