लघु जीवन बीमालेख बिक्री ३१ प्रतिशतले बढ्यो, बीमाशुल्क कति आर्जन भयो?

Jun 02, 2023 12:45 PM Merolagani

जीवन बीमा कम्पनीहरुले लघु जीवन बीमालेख बिक्री ह्वातै बढाएका छन् । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा लघु जीवन बीमालेख ३०.९९ प्रतिशतले बढेर ४१ लाख ९५ हजार ९२६ वटा पुगेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले ३२ लाख ३ हजार १२१ वटा लघु जीवन बीमालेख बिक्री गरेका थिए ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुले लघु जीवन बीमालेख बिक्री गरेर १ अर्ब ९७ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यहि अवधिको तुतनामा यो ६८०.९७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले २५ करोड २४ लाख रुपैयाँ बराबरको लघु जीवन बीमालेख बिक्री गरेका थिए ।

सबै भन्दा धेरै बीमालेख बिक्री गर्नेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनल लाइफले यस अवधिमा १२ लाख २० हजार १९७ वटा लघु जीवन बीमालेख बिक्री गरी ६५ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस्तै सिटिजन लाइफले १० लाख ८५ हजार १५० वटा, सानिमा रिलायन्स लाइफले ९ लाख १६ करोड ९० वटा, सूर्यज्योति लाइफले ३ लाख १६ हजार ८५७ वटा र मेट लाइफले २ लाख ५० हजार ५९२ वटा लघु जीवन बीमालेख बिक्री गरेका छन् ।

बैशाखसम्ममा ४१ लाख ९५ हजार ९२६ वटा लघु जीवन बीमालेख बिक्री गरी जीवन बीमा कम्पनीहरुले कुल १ अर्ब ९७ करोड १४ लाख रुपैयाँ आम्दानी गरेका छन् । त्यसमध्ये १ अर्ब ८५ करोड २२ लाख रुपैयाँ प्रथम बीमाशुल्क र ११ करोड ९२ लाख रुपैयाँ नवीकरण शुल्क आर्जन गरेका हुन् ।

बैशाखमा मात्रै जीवन बीमा कम्पनीहरुले ३ लाख ९० हजार ४३८ वटा बीमालेख जारी गरी कुल १६ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । त्यसमध्ये १५ करोड ८८ लाख रुपैयाँ प्रथम बीमाशुल्क र ९१ लाख रुपैयाँ नवीकरण शुल्क आर्जन गरेका हुन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।