यो माेटरसाइकल झट्ट हेर्दा रोयल इन्फिल्ड हिमालय एड्भेन्चर देखिएपनि मूल्य बिशेषताका आधारमा धेरै फरक छ । नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक वितरक त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले यो मोटरसाइकललाई नेपाली बजारमा ल्याएको हो ।
अल्फा अटोभोटिभले स्क्रायाम ४११ हिजो अर्थात शुक्रबार मात्रै नेपाली बजारमा सार्वजनिक गरेको थियो। बजेट मार्फत २०० देखि ४०० सीसीसम्मका मोटरसाइकलको कर घटाएपछि यो माेटरसाइकल बजारमा सस्तीएर आएको हो ।
यस अघि रोयल इन्फिल्डले हिमालय अफरोड एड्भेन्चर ल्याएको थियो । हिमालयले नेपालमा राम्रो बजार पाएपनि कम्पनीले स्क्रायाम ल्याएको जनाएको छ ।

कस्तो छ यो मोटरसाइकल ?
अफरोडका लागि ल्याइएको यो माेटरसाइकल ४११ इन्जिन क्षमतामा नेपाल आएको छ । स्क्रायाममा दिइएको इन्जिनले २४.३१ पीएस पावर र ३२ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार यो मोटरसाइकलले प्रति लिटर ३८ किलोमिटर माइलेज दिन्छ । डबल डिक्स, १५ लिटर इन्धन क्षमता, ड्युअल च्यानल एबिएस, डिजिटल स्पीड मोटर लगायतका बिशेषता दिइएको छ ।
फ्युल इजेक्सन फिचरका साथ आउने स्क्रायाममा ५ स्पीड गियर बक्स दिएको छ । यो बाइकले ० देखि ८० किलोमिटरको गति ६ सेकेन्डमै भेटाउन सक्छ । त्रिवेणी समुहले नेपालमै रोयल इन्फिल्ड बाइकको एसेम्बल उद्योग स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ । सोहि एसेम्बल प्लान्टलाई मध्यनजर गर्दै यो मोटरसाकल ल्याएको हो ।
यस अघि यो मोटरसाइकल भारतीय बजारमा एक बर्ष अघिदेखि नै बिक्री सुरु भएको थियो । नेपालमा भने भारतमा सार्वजनिक भएको बर्ष दिनपछि बिक्री सुरु हुँदै छ । कम्पनीका अनुसार यो मोटरसाइकललाई एड्भेन्चर र क्रुजको फ्यूजनमा ल्याएको छ । हिमालयमा भएको जस्तो फिचर नभएपनि फिचरका आधारमा अब्बल छ ।
कम्पनीले हालसम्म यो मोटरसाइकलको मुल्य सार्वजनिक गरेको छैन । तर, बिक्री सुरु हुँदा नेपालमा स्क्रायामको मुल्य एड्भेन्चर हाराहारी हुने जनाइएको छ । नेपाल आएको यो एड्भेन्चर मोटरसाइकलको मुल्य 6 लाख 60 हजार ताेकिएकाे छ ।