वुलिंग एयर इ भी किन्दा इलेक्ट्रिक ६० किमी गुडने साइकल उपहार

Jun 06, 2023 03:00 PM Merolagani

बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा वुलिङ ब्राण्डको इलेक्ट्रिक कार बिक्री वितरण गर्दै आइरहेको छ । इन्डोनेसिन कार वुलिंग हाल नेपाली बजार २०० र ३०० कि मि को रेन्जमा उपलब्ध छ ।

वुलिंग इलेक्ट्रिक कार रिमोटबाट नै चालु हुने सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रुपैयाँमा ३०० कि मि हिँड्न मिल्ने कार हो । यो कार चढेपछी खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्समा खर्च नहुने, वातावरण स्वस्छ हुने हुनाले कम्पनीले वुलिंग खरिद गर्ने ग्राहकलाई  ६० किमी माइलेज दिने bosch मोटर्स भएको सामसुंगको बेटरि भएको इलेक्ट्रिक साइकल निशुल्क उपलब्ध गराउने स्किम लागु गरेको छ ।

यो योजना जेष्ठ २३ बाट कम्पनीले प्रारम्भ गरेको छ र यदि वुलिंग कार खरिद गर्न चाहेमा नजिकको वुलिंग इलेक्ट्रिक शोरुममा नक्साल, भक्तपुर राधेराधे, भैसेपाटी शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।

नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्डको रुपमा वुलिंग एयर इ भी कारलाई चिनिन्छ वुलिंग बहुरास्ट्रिय कम्पनी भएकोले गर्दा अन्तरास्ट्रिय बजारमा राम्रो बिक्रि गरि बजार हिस्सा ओगट्न सफल छ। यो कारलाई बजेट कारको रुपमा पनि चिनिन्छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।