काठमाडौंमा एक युवतीको आफ्नै प्रेमीले गरे हत्या

Jun 07, 2023 01:10 PM Merolagani



काठमाडौंमा एक युवतीको आफ्नै प्रेमीले हत्या गरेका छन् । ठमेल भगवती बहालमा बस्ने २६ वर्षीया ती युवतीको मंगलबार हत्या गरिएको हो।

स्थायी घर चितवनस्थित राप्ती नगरपालिका- ७ भएकी जेनिशा तामाङकाे हत्या गर्ने उनकै प्रेमी अमर रञ्जितकार भएकाे प्रहरीकाे भनाइ छ । काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षका अमरले जेनिशामाथि कुटपिट गरेकाे आरोपमा प्रहरीले उनलाई पक्राउ गरेकाे छ ।

पछिल्लाे ६ महिनायता भगवती बहालको चार तले घरकाे दाेश्राे तलामा डेरामा उनीहरूसँगै बसिरहेका थिए । तर मंगलबार दिउँसो भने उनीहरूबीच विवाद चर्किएकाे थियाे । जेनिशा र अमरबीच झगडा बढ्दै जाँदा अमरले जेनिसालाई निर्घात कुटपिट गरेका थिए ।

मदिरा सेवन गरेर अमरले जेनिशालाई गम्भिर घाइते बनाएका थिए । उनलाई बिहानकाे साढे तीन बजेतिर महाराजगञ्ज अस्पताल पुर्याइएकाे थियाे । उपचारका क्रममा जेनिशाकाे राती पाैने ९ बजे निधन भएकाे हाे ।