कृषि बीमा अनुदान वापत सरकारले ७२ करोड दिने, कृषि बीमालेख बिक्रि सुचारु गर्ने तयारी

Jun 07, 2023 05:08 PM Merolagani

सरकारले कृषि बीमा अनुदानको लागि पहिलो चरणमा ७२ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ । निर्जीवन बीमा कम्पनीहरुले अनुदान वापतको रकम प्राप्त नभएको बन्दै आन्दोलित बनेपछि सरकारले रकम भुक्तानी थाल्ने भएको हो ।

सरकारले निर्जीवन बीमा कम्पनीहरुलाई कृषि बीमा अनुदान वापतको २ अर्ब ९४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको छ । लामो समयदेखि सकारले अनुदान रकम निकास नगरेपछि निर्जीवन बीमा कम्पनीहरुले जेठ ७ गतेदेखि कृषि बीमालेख बन्द गरेका थिए ।

निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमालेख बिक्रि बन्द गरेपछि सरकारले पहिलो चरणमा ७२ करोड रुपैयाँ निकास गर्न लागेको नेपाल बीमक संघका अध्यक्ष चंकि क्षेत्रीले मेरो लगानीलाई जानकारी गराए ।

'पहिलो चरणमा कृषि बीमाको अनुदान वापतको ७२ करोड रुपैयाँ निकास गर्ने निणर्य भएको छ । त्यो रकम प्राधिकरण मार्फत बीमा कम्पनीहरुलाई आउनेछ,' उनले भने । चरणवद्ध रुपमा अनुदान रकम आउने भएपनि कृषि बीमालेख बिक्री सुचारु गर्ने विषयमा भने संघले छलफल गरेर मात्रै निणर्य गरिने उनको भनाई छ ।

सरकारले कृषि तथा पशुपन्छि बीमामा कुल बीमाशुल्कमा ८० प्रतिशत अनुदान दिदै आएको छ । त्यस अनुसार किसानहरुले २० प्रतिशत बीमाशुल्क भुक्तानी गरेर बीमा गर्न सकिनेछ व्यवस्था छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।