कम्पनीको वार्षिक विश्वव्यापी डेभलपर्स सम्मेलनमा सार्वजनिक गरिएकाे भिजन प्रोले अब हाम्रो वरपरको संसारलाई हेर्ने र अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन ल्याउने भएकाे छ।
एप्पल भिजन र भिजन प्लसकाे सफलतापछि विकास गरिएकाे हेडसेट भिजन प्राेले अग्मेन्टेड रियालिटी (AR) लाई नयाँ उचाइमा पुर्याएकाे छ। नयाँ प्रविधि र यसको पातलो डिजाइनका साथै, यस डिभाइसकाे लक्ष्य भर्चुअल र वास्तविक संसारलाई जाेड्ने रहेको छ। यसले प्रयोगकर्ताहरूका लागि सम्भावनाको नयाँ संसारकाे ढाेका खाेलेको छ।
उन्नत न्यूरल प्राेसेसिंग युनिटमा आधारित
एप्पल 'भिजन प्रो' एडभान्स न्यूरल प्रोसेसिङ युनिट (NPU) मा आधारित छ। एनपीयूले आर्टिफिसियल इन्टिलिजेन्स र मेसिन लर्निङ एल्गोरिदम प्रयोग गरी वास्तविक समयमा प्रयोगकर्ताकाे आसपासको वातावरण विश्लेषण गर्दै अग्मेंटेंड रियालिटीको फरक अनुभव दिनेछ। चाहे त्यो वास्तविक संसारमा भर्चुअल वस्तुहरू प्रस्तुत गर्ने होस् वा यससँग सम्बन्धित जानकारी प्रदान गर्ने होस्, 'भिजन प्रो' ले हाम्रो दैनिकीमा डिजिटल सामग्रीलाई सजिलैसँग जाेड्नेछ।
सटीक म्यापिङद्वारा थ्रीडी तस्बिर सिर्जना
'भिजन प्रो'का विशेषताहरूमध्ये यसको लेटेस्ट स्पेस म्यापिङ प्रविधि हो। एलइडीआर र क्यामेरा सहित एडभान्स सेन्सरहरू रहेकाे यस हेडसेटले प्रयोगकर्ताको वरपरको ठाउँलाई सही रूपमा म्याप गरेर थ्री डी तस्बिर सिर्जना गर्दछ। यसले वास्तविक संसारको सतहमा भर्चुअल वस्तुहरूलाई सही रूपमा पङ्क्तिबद्ध गर्न पनि सहयाेग गर्छ। यसले अग्मेंटंड रियालिटीलाई थप यथार्थवादी र विश्वासयोग्य भएकाे अनुभव दिन्छ।
अग्मेंटेड रियालिटीकाे अनुभव रियल टाइममा शेयर गर्न सकिने
भिजन प्राेमार्फत कुनै पनि प्रयोगकर्ताले रियल टाइममा आफ्नो अग्मेंटेड रियालिटी अनुभव शेयर गर्न सक्छन्। हाइ रेजोल्युसन डिस्प्लेले प्रयोगकर्ताको वास्तविक संसारसँग भर्चुअल संसारलाई सजिलै जाेड्छ। भिजन प्राेकाे शेयर्ड प्रेजेन्स र कनेक्टिविटीमार्फत कुनै डिजाइन प्राेजेक्टमा सहकार्य गर्नेदेखि अन्तरक्रियात्मक खेलमा संलग्नसम्म हुन सकिन्छ।
आँखा र हातको चालबाट सञ्चालित
यसबाहेक, यस हेडसेटमा एक्सेप्शनल कलर एक्युरेसीका साथै हाइ रेजोल्युसन डिस्प्ले पाउन सकिन्छ। भर्चुअल वस्तु प्रयोगकर्ताको रियल वर्ल्ड भ्यूसँग मिल्नु पनि यसकाे विशेषता हाे । भिजन प्रो मा एडभान्स आँखा ट्र्याकिङ प्रविधि पनि छ। प्रयोगकर्ताहरूले यसलाई आँखा र हातको चालबाट सञ्चालन गर्न सक्छन्। भिजन प्राेबाट प्रयोगकर्ताहरूले चलचित्र हेर्न, भिडियो गेम खेल्नदेखि समाचार तथा लेखहरू पढ्न सक्नेछन्।
एडभान्स्ड एन्क्रिप्शन प्रोटोकल र सुरक्षित डाटा स्टाेरेज
याे हेडसेटमा प्रयोगकर्ताको डाटा सुरक्षित राख्न एडभान्स्ड इन्क्रिप्सन प्रोटोकल र सुरक्षित डाटा स्टाेरेज राखिएकाे छ। म्यापिङ डाटाको प्राेसेसिंग स्थानीय हुन्छ जसलाई एप्पलकाे सर्भरमा सार्वजनिक गरिएको छैन। यसलाई सजिलैसँग एप्पलको अन्य उपकरण आईप्याड, आईफोनमा जडान गर्न सकिन्छ। यसरी एप्पलका अन्य प्लाटफर्महरूमा अग्मेन्टेड रियालिटीको उत्कृष्ट अनुभव समेत प्राप्त गर्न सकिन्छ।
अग्मेन्टेड रियालिटीको संसारमा महत्त्वपूर्ण छलांग
उत्पादन सार्वजनिक गर्ने क्रममा एप्पलका सीईओ टिम कुकले भिजन प्रोको बारेमा धेरै उत्साहित भएकाे बताएका थिए। उनले भने, ‘एप्पल भिजन प्रो अग्मेन्टेड रियालिटीको संसारमा एउटा महत्वपूर्ण छलांग हो । हामी विश्वास गर्छौं कि यसले मौलिक रूपमा हामीले प्रविधि र हाम्रो वरपरको संसारसँग अन्तरक्रिया गर्ने तरिका परिवर्तन गर्नेछ। हामी डेभलपर्स र युजर्सले यस शक्तिशाली उपकरणबाट के सिर्जना गर्ने रहेछन् भनेर हेर्न अब थप पर्खन सक्दैनौं।'
'एप्पल भिजन प्रो'को मूल्य ३,४९९ डलर
एप्पल भिजन प्राे २०२४ काे सुरुवातमा बजारमा आउने भएकाे छ । यसको अनुमानित मूल्य तीन हजार ४९९ डलर रहेकाे छ । आउँदो महिनामा प्रि-अर्डर सुरु हुने अनुमान गरिएको छ । इच्छुक मानिसहरू यस अत्याधुनिक उपकरण प्रयाेग गर्न व्यग्र प्रतिक्षामा रहेका छन्।
एप्पल भिजन प्रोले अग्मेंटेंड रियलिटीको भविष्यका लागि प्लाटफर्म तयार गरेसँगै इनाेभेसनकाे सीमालाई थप अघि बढाउँदै एप्पल इंक टेक्नोलोजी उद्योगमा एक लिडरको रूपमा स्थापित भइरहेकाे छ ।
एजेन्सी ।