नयाँ ब्रोकर लाइसेन्स दिएका ११ कम्पनीहरूलाई बोर्डले दियो प्रमाण पत्र

Jun 08, 2023 01:44 PM merolagani

धितोपत्र बोर्डले दोस्रो चरणमा थप ११ ब्रोकर लाइसेन्स दिएका कम्पनीहरूलाई प्रमाण पत्र प्रदान गरेको छ। बोर्डले बुधवार लाइसेन्स दिएका कम्पनीहरूलाई प्रमाण पत्र दिएको हो। बोर्डले मापदण्ड पुगेका र पूर्वाधार तयार गरेका ११ कम्पनीलाई लाइसेन्स दिएको थियो।

प्रमाणपत्र पाउनेमा कलश स्टक मार्केट प्रा.ली.,एलिट स्टक हाउस ली.,इन्फिनिटी सेक्युरिटिज ली.,इन्डेक्स सेक्यूरिटिज ली.,शुभकामना सेक्यूरिटिज प्रा.लि.,मेघा स्टक मार्केट ली.,हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.ली.,मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. ली.,माछापुच्छ्रे, सेक्युरिटिज ली.,के .वि. एल. सेक्यूरिटिज ली. र नबिल सेक्युरिटिज ली. छन्।

यसअघि धितोपत्र बोर्डले आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका सात वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरेको थियो। लाइसेन्स पाएकाहरूले सदस्यताको लागि नेप्सेमा निवेदन समेत दिइसकेका छन्।  निवेदन दिनेहरूमा भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्ड छन्।

हाल ५० वटा धितोपत्र ब्रोकर सञ्चालनमा छन्। ५० वटा धितोपत्र ब्रोकरका ८४ शाखाले अनुमति प्राप्त गरिसकेका छन्। कुल मुलुकभर मुख्य कार्यालय र शाखा गरेर १३९ ले सेवा प्रवाह गर्ने छन्। थपिन लागेका ४३ वटा समेत जोड्ने हो भने आउने दिनमा १७७ कार्यालयबाट लगानीकर्ताले ब्रोकरेज सेवा पाउने छन्।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।