आइएमई लाइफलाई प्रिमियम मूल्य घटाएर आईपीओ निष्काशन गर्न बोर्डको अनुमति, प्रस्तावित प्रिमियम मूल्य किन घट्यो ?

Jun 09, 2023 01:02 PM Merolagani

नेपाल धितोपत्र बोर्डले आइएमई लाइफ इस्योरेन्सलाई प्रिमियममा मूल्यमा आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले यस अघि १०० रुपैयाँ अंकित मूल्यमा थप १७६ रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २७६ रुपैयामा आईपीओ निष्काशन गर्न माग गरेको थियो । तर बोर्डले कम्पनीले प्रस्ताव गरेको मूल्य भन्दा ३९.०९ रुपैयाँ घटाएर प्रतिकित्ता प्रति कित्ता २३६.९१ रुपैयाँमा आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार प्रिमियम रकम गणना गर्दा कम्पनीको नेटवर्थको दुई गुणाभन्दा बढी हुन नहुने प्रावधान रहेको छ । सोहि व्यवस्था अनुसार कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।

प्रस्तावित प्रिमियम रकम उपयुक्त नभएको भन्दै संशोधन गर्न कम्पनीलाई फिर्ता पठाएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले मेरोलगानीलाई जानकारी गराए । 'कम्पनीले प्रस्ताव गरेको रकम उपयुक्त नभएको भन्दै संशोधन गर्न बोर्डले फिर्ता पाएको थियो,' उनले भने, कम्पनीले संशोधन गरेर पठाएको प्रिमियम रकममा बोर्डले आईपीओ निष्काशनको अनुमति दिएको हो ।'

प्रिमियम रकमलाई संशोधन गर्न बोर्डले निर्देशन दिएपछि कम्पनीले मूल्य घटाएर पुन आईपीओ निष्काशन गर्न आवेदन दिएको हाे । 

बोर्डका अध्यक्ष रमेश हमालले पनि कम्पनीको भ्यालुयसन चेक जाँच गरेपछि मात्रै बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्काशन गर्न दिने बताउदै आएका छन् । सोहि अनुसार कम्पनीको भ्यालुयसन पश्चात प्रस्तावित प्रिमियम मूल्य घट्न गएको बाेर्डको भनाई छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ अनुसार प्रिमियममा शेयर निष्काशन गर्नको लागि कम्पनी लगातार तीन वर्षदेखि नाफामा रहेको, कम्पनीको प्रति शेयर चुक्ता पुँजी भन्दा नेटवर्थ बढी भएको र कम्पनीको क्रेडिट रेटिङको ग्रेड औसतभन्दा माथि हुनुपर्ने विभिन्न शर्तहरु पूरा भएको हुनुपर्नेछ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा प्रिमियम गणना विधिको चर्चा गरिएको छ । निर्देशिका अनुसार प्रिमियम रकम गणना गर्दा कम्पनीको नेटवर्थको दुई गुणाभन्दा बढी हुन नहुने प्रावधान राखिएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

निर्देशिकामा प्रिमियम गणना गर्दा तीन वर्षको क्यापिटलाइज्ड अर्निङ, डिस्काउन्टेड क्यास फ्लो र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्याङ्कनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्य गरी ३ वटा मूल्यको औसत मूल्य गणना गरेर एक मूल्य लिइन्छ ।

त्यसैगरी कम्पनीको पछिल्लो लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार नेटवर्थको दुई गुणा मूल्य समेत निकालिनेछ । दुई मूल्यमध्ये जुन मूल्य कम हुन्छ, त्यही मूल्यलाई प्रिमियम मानिने निर्देशिकामा उल्लेख छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।