मासिक एक खर्ब बढी रेमिट्यान्स भित्रिदै, बैशाखसम्ममा भित्रियो १० खर्ब बढी रेमिट्यान्स

Jun 09, 2023 01:32 PM Merolagani

पछिल्लाे समय मासिक १ खर्ब बढी रेमिट्यान्स नेपाल भित्रिन थालेको छ। चालु आर्थिक वर्षकाे १० महिना अर्थात बैशखसम्म कुल १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

गत आर्थिक वर्षको बैशाखको तुलनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको हो। चालु आर्थिक वर्षमा औसतमा १ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ ।

बैशाखसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले बढेर ४ लाख २१ हजार २७९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९७६ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले बढेर ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।