आइएमई लाइफ इन्स्योरेन्सको ४ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई निष्काशनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ७० लाख कित्ता सहित सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले आइएलआई कारोबार संकेत प्रदान गरेको छ ।
यस्तै नेपाल रिपब्लिक मिडिया लिमिटेडको पनि ९६ लाख ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरेको ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले एनआरएम कारोबार संकेत प्रदान गरेको छ ।