हिमाल दोलखा हाइड्रोपावरको हकप्रद नेप्सेमा सूचीकृत

Sep 08, 2023 02:53 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड (HDHPC) को हकप्रद सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ७५ प्रतिशत हकप्रद शेयर सूचीकृत भएको हो।

कम्पनीले जेठ २२ गतेदेखि असार २५ गतेसम्मका लागि हाल कायम १ कित्ता बराबर नयाँ ०.७५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।