समयमा नविकरण नगरे सूचीकरण स्थगन गर्ने नेप्सेकाे चेतावनी

Sep 26, 2023 04:02 PM Merolagani



नेपाल स्टक एकसचेन्ज लिमिटेडले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले नविकरण समयमा नगरे सूचीकरण स्थगन गर्न सकिने चेतावनी पनि दिएको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ क र खमा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०८०/८१को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेको उल्लेख गरेकाे छ ।

उक्त वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी कम्पनीहरुले धितोपत्रको हकमा ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी हुनेले ५० हजार रुपैयाँ वार्षिक शुल्क बुझाउन पर्नेछ । ५० करोड रुपैयाँ भन्दा माथि चुक्ता पूँजी हुनेले भने एक लाख रुपैयाँ वार्षिक शुल्क बुझाउनपर्ने नेप्सेले उक्त सूचनामा उल्लेख गरेको छ ।

यस्तै, डिवेन्चर वा म्युचुअल फण्डको वार्षिक नवीकरण शुल्क ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी हुनेलाई २५ हजार रुपैयाँ र ५० करोड भन्दा माथि हुनेको हकमा ५० हजार रुपैयाँ वार्षिक शुल्क लाग्ने भएको छ ।

नेप्सेले ताेकिएका समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने पनि जनाएको छ । यसका साथै समयमा नविकरण नगरे धितोपत्र सूचीकरण विनियामावली, २०७५को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्ने चेतावनी पनि नेप्सेले दिएको छ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।