समयमा नविकरण नगरे सूचीकरण स्थगन गर्ने नेप्सेकाे चेतावनी

Sep 26, 2023 04:02 PM Merolagani



नेपाल स्टक एकसचेन्ज लिमिटेडले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले नविकरण समयमा नगरे सूचीकरण स्थगन गर्न सकिने चेतावनी पनि दिएको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ क र खमा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०८०/८१को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेको उल्लेख गरेकाे छ ।

उक्त वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी कम्पनीहरुले धितोपत्रको हकमा ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी हुनेले ५० हजार रुपैयाँ वार्षिक शुल्क बुझाउन पर्नेछ । ५० करोड रुपैयाँ भन्दा माथि चुक्ता पूँजी हुनेले भने एक लाख रुपैयाँ वार्षिक शुल्क बुझाउनपर्ने नेप्सेले उक्त सूचनामा उल्लेख गरेको छ ।

यस्तै, डिवेन्चर वा म्युचुअल फण्डको वार्षिक नवीकरण शुल्क ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी हुनेलाई २५ हजार रुपैयाँ र ५० करोड भन्दा माथि हुनेको हकमा ५० हजार रुपैयाँ वार्षिक शुल्क लाग्ने भएको छ ।

नेप्सेले ताेकिएका समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने पनि जनाएको छ । यसका साथै समयमा नविकरण नगरे धितोपत्र सूचीकरण विनियामावली, २०७५को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्ने चेतावनी पनि नेप्सेले दिएको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।