सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन हुँदै, कतिसम्म छुट पाइने ?

Sep 26, 2023 04:45 PM Merolagani

दशैं, तिहार र छठ पर्व लक्षित गरी सरकारले सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

सहुलियतपूर्ण पसल असोज २१ गतेदेखि कात्तिक ३ गते छठ पर्वसम्म संचालन हुनेछ र यसमा २२ प्रकारका उपभोग्य वस्तुमा ५० प्रतिशतसम्म छुट पाइनेछ ।

सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र दुग्ध विकास संस्थान गरी तीन वटा निकायले ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउने भएका हुन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको उपत्यका भित्र काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालन हुँदैछ।

यसैगरी, उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्‍खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्‍गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ,रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डँडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियत पसल सञ्चालनमा आउने भएकाे हाे।

आवश्याकता अनुसार थप जिल्ला र स्थानहरुमा पनि कम्पनीले सहुलियत पसल सञ्‍चालन गर्ने भएकाे छ। यस्तै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुको माध्यमबाट तोकिए बमोजिमको छुट दिई बिक्री वितरण गर्ने मन्त्रालयले बताएकाे छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकाे उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल रहेकाे छ ।

दुग्ध विकास संस्थान डीडीसीले भने एकीकृत पसल लगायत लैनचौर, न्यूरोड र खुमलटार, विराटनगर, जनकपुर, हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया,धनगढी, बुटवल गरी जम्मा ११ स्थानसहित एकिकृत  सेवा दिने भएकाे छ ।

मन्त्रालयकाअनुसार सबै किसिमको चामल (मोटा/मसिनो/लङग्रेन), दालहरु, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सन् फ्लावर तेल, भट्मासको तेल र चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट पाइने छ ।

यसैगरी,कर्णालीको सिमी र गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो १० रुपैयाँ छुट पाइने छ । जिउँदो खसी / बोका / च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत पाइनेछ ।

यस्तै चिनीमा प्रतिकिलाे ९७ रूपैयाँमा बिक्री गरिरहेकाे मन्त्रालयले जनाएकाे छ । यस्तै, नुनमा प्रतिकिलो २ रुपैयाँ, खाद्य वस्तुहरूमध्ये खाने तेलमा प्रतिलिटर ७ रुपैयाँ र चिउरामा प्रतिकिलो ७ रुपैयाँ नै छुट दिइने भएकाे छ ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा प्रति २०० ग्राममा २० रुपैयाँ र पनिर ५०० ग्रामको खरिदमा ५० रुपैयाँसम्म छुट पाइने भएकाे छ ।

काठमाडौं उपत्यकाको हकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल संचालनको आयोजना अवधिभर अनुगमन टोली बनाई अनुगमन गर्न सक्नेछ भने सम्बन्धित संस्थानहरुले पनि आ–आफनो अनुगमन टोली बनाई अनुगमन गर्ने जनाएकाे छ। वाणिज्य, आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागबाट नियमित अनुगमनको अतिरिक्त थप अनुगमन टोली बनाई सघन रुपमा अनुगमन गर्नेछ। मन्त्रालयका अनुसार जिल्लाहरुको हकमा प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन टोली गठन गरी सघन रुपमा अनुगमन गरिनेछ।

 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।