बिग्रदै गएको अर्थतन्त्रका बिषयमा एमाले राष्ट्र बैंकसँग कुराकानी गर्ने, एमाले अध्यक्ष ओली भन्छन्, ‘शेयर बजारप्रति चिन्तित छौं’

Sep 26, 2023 04:41 PM Merolagani



पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिग्रदै गएको अर्थतन्त्रका बिषयमा आफ्नो पार्टीले नेपाल राष्ट्र बैंकसँग कुराकानी गर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको अन्तक्रियामा उनले यस्तो बताएका हुन् ।

सरकारले आफ्नो माग पूरा नगरेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग गुनासो पोखेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उद्योगी, व्यवसायी, निर्माण, ऊर्जा, शेयर बजारलगायत क्षेत्रका प्रतिनिधिले प्रमुख प्रतिपक्षी दलका नेता ओली सामु थुप्रै गुनासा पोखेका थिए ।

सरकारले निर्माण व्यवसायीको ७५ अर्ब भुक्तानी नदिएको, ८ प्रतिशतमा लिएको कर्जाको ब्याज बढेर १३ प्रतिशत पुगेको, शेयर धितोकर्जामा १२ करोडको सीमा लगाएकोलगायतका गुनासो व्यवसायीले गरेका थिए । यसैगरी, अध्यक्ष ओलीसमक्ष वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्य नमिलेको, कर नीतिले पारेको समस्यालगायत विषयमा गुनासो गरेका थिए । त्यसको उत्तर दिँदै एमाले अध्यक्ष ओलीले बैंकले १५ प्रतिशतसम्म ब्याज लिनुलाई ‘मिटर ब्याज’ नै भएको दावी गरे ।

व्यवसायीको गुनासो आएपछि प्रमुख प्रतिपक्षी दलका नेता ओलीले बिग्रदै गएको अर्थतन्त्रका बिषयमा नेपाल राष्ट्र बैंकसँग कुरा गर्ने बताएका थिए । नेपाल राष्ट्र बैंकको गभर्नरमा एमाले निकट रहेका महाप्रसाद अधिकारी छन् ।

एमालेका अध्यक्ष ओलीले शेयर बजारमा बारेमा चिन्तित रहेको बताए । उक्त कार्यक्रममा पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डेलगातका व्यक्तिले अर्थतन्त्रका बिषयमा चिन्ता जाहेर गरेका थिए ।

 




comments powered by Disqus

रविसँगै जेल जाने १४ जना काे काे हुन् ?

Oct 18, 2024 06:03 PM

सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।