भारतीय गायक कैलाश खेरले दिए सांगितिक प्रस्तुति

Oct 01, 2023 12:10 PM Merolagani



चर्चित भारतीय गायक कैलाश खेर र उनको ब्यान्ड कैलशाले शनिबार प्रिभे नेपाल, सोल्टी होटलमा सांगितिक प्रस्तुती दिएका छन् । उनी यसै प्रस्तुतीका लागि शुक्रबार नेपाल आएका थिए ।

गत भदाै २९ गते खेर नेपाल आउने कार्यक्रम भएपनि विशेष कारणबस उनको कार्यक्रम तोकिएको मितिमा हुन नसकी असोज १२ शुक्रबार सारिएको थियो । तर, आयोजकले उनलाई असोज १२ मा हुने कार्यक्रमका लागि नेपाल ल्याउन नसकेपछि सामाजिक संजालमा सूचना जारी गर्दै कार्यक्रम पुनः सरेको र अर्काे मिति बुधबार तोक्ने बताएको थियो ।

तर, माईपे इभेन्टले शनिबारको प्रस्तुतीका लागि खेरलाई नेपाल ल्याएको छ । माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताका अनुसार, कैलाश खेर नेपाल आउने भएपछि उत्साहित भएका उनका फ्यानहरु उनको कार्यक्रम पटक पटक सरेर निरास देखेकाले आफैले कार्यक्रमको आयोजना गरेको बताए ।

‘उनलाई हेर्न धेरै नेपालीहरु उत्साहित थिए,’ उनले भने, ‘त्यसैले आफैले कार्यक्रम आयोजना गरेर नेपाल ल्याएका छौं ।’ कैलाश खेरको यस कार्यक्रम यस अघिको आयोजकसँग कुनै पनि हिसाबले सम्बन्धीत नभएको मेहताले प्रस्ट पारेका छन् ।

 

कैलाख खेरले ‘ओ सिकन्दर’, ‘तेरी दिवानी’, ‘सैया’, ‘या रब्बा’ र चलचित्र ‘बाहुबली २ः द कन्क्लुजन’ को ‘जय जय कारा’ र ‘जल रही है चिता’ लगायतका १५०० भन्दा धेरै चर्चित हिन्दी गीतका आफ्नो जादुयी आवाज दिएका छन् । उनी केही वर्ष अघि मद्यश्री अवार्डबाट समेत सम्मानीत भएका थिए ।