हिमालयन डिष्लिटरी लिमिटेडको कम्पनी विश्लेषण

Nov 18, 2023 05:43 PM Merolagani

तिहार अघिको अन्तिम साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९२ प्रतिशत बढेको थियो। अघिल्लो साता ४८८७.१५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता ९३.७१ अंक बढेर ४९८०.८६ विन्दुमा पुगेको हो।

सोही उपसमूहको एक कम्पनी हो, हिमालयन डिष्टिलरी लिमिटेड (HDL)।

गत साता कम्पनीको शेयरमूल्य ६ रुपैयाँ घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ८७४ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, गत साताको अन्तिम कारोबार दिन १ हजार ८६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

सपोर्ट जोन नजिकै

तिहार अघिको अन्तिम साता कम्पनीको शेयरमूल्य सपोर्ट जोन नजिकै बन्द भएको थियो। हाल कम्पनीको सपोर्ट जोन १ हजार ८२० देखि १ हजार ८५० सम्म रहेको छ। आगामी साता कम्पनीको शेयरमूल्य ओरालो लागेमा सो क्षेत्रमा टेवा पाउने देखिन्छ। गत साता पनि कम्पनीको शेयरमूल्यले सोही क्षेत्रमा टेवा पाएर सामान्य बढेको थियो। आगामी साता कम्पनीको शेयरमूल्य उकालो लागेमा १ हजार ९९५ देखि २ हजार २५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

रिभर्सलको संकेत

तिहार अघिको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यसले कम्पनीको शेयरमूल्य रिभर्स हुने संकेत गर्दछ। अर्थात आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्न सक्ने सम्भावनातर्फ संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता कम्पनीको भोल्यूम कमजोर रहेको छ। गत साता कम्पनीको दैनिक औषतमा ८ हजार १८३ कित्ता शेयर खरिदबिक्री भएको छ। कम्पनीको २० दिने औषत भोल्यूम ९ हजार ८७५ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा साताको दैनिक औषत भोल्यूम १७.१३ प्रतिशत कम हो।

बुलिश प्रवृत्ति

गत साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम पनि शून्य रेखाभन्दा माथि रहेको छ। यसले कम्पनीको शेयरमूल्य अहिले बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनामा रहेको संकेत गर्दछ।

वित्तीय विश्लेषण

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.२४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २९.७० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ३८ करोड रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९७ करोड १८ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३८.७० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.५५ प्रतिशत घटेको छ।

२ अर्ब ४२ करोड ९५ लाख रुपैयँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ३ करोड ४ लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ रूपैयाँ ५२ पैसा घटेर १७ रुपैयाँ ३२ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ४१ पैसा रहेको छ। गत साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात १०७.८५ गुणा रहेको छ भने प्राइस टु बुक भ्यालु १३.१२ गुणा रहेको छ।

आधारभुत विश्लेषण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल कम्पनीको २ करोड ४२ लाख ९५ हजार ६६६.५० कित्ता शेयर सूचीकृत छ। गत साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार कम्पनीको शेयर प्रतिकित्ता १ हजार ८६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ४५ अर्ब ३८ करोड ४३ लाख ५ हजार २२ रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो १८० दिने औषत मूल्य २ हजार ५५ रुपैयाँ १ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ४ हजार ३२३ रुपैयाँ रहेको छ भने न्यून मूल्य १ हजार ८०६ रुपैयाँ रहेको छ।

ब्रोकर नम्बर ५३ बाट सर्वाधिक बिक्री

गत साताको फ्लोरसिट विश्लेषण गर्दा ब्रोकर नम्बर ५३ ले कम्पनीको सबैभन्दा बढी ११ हजार ३९७ कित्ता शेयर बिक्री गरेको छ। कम्पनीको शेयर सर्वाधिक खरिद गर्ने ब्रोकरमा भने ब्रोकर नम्बर ४ रहेको छ। सो ब्रोकरले कम्पनीको ३ हजार ६८७ कित्ता शेयर खरिद गरेको छ। यद्यपि, सो ब्रोकरले कम्पनीको ४ हजार ६३४ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर

गत साताको अन्तिम कारोबार दिन फियर एण्ड ग्रीड मिटरमा कम्पनी एक्सट्रिम फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य घट्छ भन्ने डरमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।