शेयरमा सधैँ नाफा हुँदैन, बारेन बफेले समेत ६ अर्ब घाटा खादै बेचे एक भारतीय कम्पनीको शेयर

Nov 26, 2023 12:47 PM merolagani



शेयरमा सधैँ नाफा हुँदैन भन्ने उदाहरण हालै भएको एक भारतीय कम्पनीको शेयर कारोबारले प्रस्ट पारेको छ। त्यो पनि बिश्वका दिग्गज मानिएका लगीकर्ताले घाटामा शेयर बिक्री गरेपछि उक्त विषयले अलि बढी नै चर्चा पाएको हो।

हालै मात्रै विश्वका सबैभन्दा दिग्गज मानिएका बारेन बफेको कम्पनी बर्क शायर हाथवेले भारतीय कम्पनी पेटिएमको प्यारेन्ट कम्पनी 'वन 97 कम्युनिकेसन लिमिटेड' मा रहेको सम्पूर्ण हिस्सेदारी बिक्री गरेका छन्। बर्क शायर हाथवेले ओपन मार्केट अन्तर्गत लगभग १३ सय ७० करोड भारतीय रुपैयाँ बराबरको शेयर बिक्री गरेको हो। जसमा कम्पनीलाई ६ सय करोड भारतीय रुपैयाँ घाटा भएको दैनिक भास्करले जनएको छ।  

बारेन वफेले सन् २०१८ मा आफ्नो कम्पनी मार्फत पेटिएमको २२ सय करोड भारतीय रुपैयाँ बराबरको लगानी गरेका थिए। जस अन्तर्गत उनले कम्पनीको २.४६ प्रतिशत शेयर हिस्सेदारी पाएका थिए। यस्तै यस अघि २०२१ मा भएको पेटिएमको मेगा आइपीओको दौरान कम्पनीले दुई सय २० करोड भारतीय रुपैयाँ बराबरको शेयर बिक्री गरेको थियो।

बर्क शायर हाथवेले विक्री गरेको उक्त शेयर दुई विदेशी कम्पनीले किनेका छन्।  कॉप्थॉल मोरिशस इन्भेस्टमेन्ट र घिसालो मास्टर फण्ले किनेका हुन्। कॉप्थॉलले वन 97 कम्युनिकेसनको ४२ लाख ७५ हजार शेयर र घिसालो मास्टरले ७५ लाख ७५ हजार शेयर किनेका हुन्। यो लेनदेन औसत८७७.२ रुपैयाँ प्रति शेयर को मूल्यमा भएको जनाइएको छ।  

शेयर होल्डिङको तथ्याङ्क अनुसार सेप्टेम्बरसम्म बर्क शायरसँग वन 97 कम्युनिकेसनको एक करोड ५६ लाख २३ हजार पाँच सय २९ शेयर थिए।  यस अघि अलीबाबा ग्रुपले समेत पेटिएममा रहेको आफ्नो हिस्सेदारी बिक्री गरिसकेको छ।  




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।