किन बढ्यो एक्कासी कारोबार रकम, यस्तो छ कारण, बढेको कारोबार रकमले बढ्दो लय समाउला ?

Dec 07, 2023 04:02 PM merolagani



अढाई महिना पछि बिहीबार एक्कासी कारोबार रकम बढेर २ अर्ब  ७९ करोड रुपैयाँमा उक्लियो। यो अढाई महिना यताकै सबैभन्दा बढी कारोबार हो।

गत असोज ४ गते बिहीबार नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार कक्षमा ३ अर्ब २९ करोडको कारोबार भएको थियो। त्यस यता घटेको कारोबार रकम बिहीबार नै त्यसको नजिक पुगेको हो।

बिहीबार दोस्रो बजारमा संस्थापक शेयर बढी कारोबार भएका कारण कारोबार रकम बढेको हो। बिहीबार मात्रै तीन कम्पनीका संस्थापक शेयर उलेख्य मात्रमा कारोबार भएका छन्। नेपाल रि इन्स्योरेन्स कम्पनीको मात्रै ८६ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। २९ लाख ७९ हजार कित्ता शेयर ब्रोकर नम्बर ४ ले बिक्री गरेको छ भने ती शेयर ब्रोकर नम्बर ६, ८ र ४४ नम्बरले किनेका छन्।

त्यसैगरि ग्लोबल आइएमइको संस्थापक शेयर कारोबार भए। उसको ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो। यसले पनि बिहीबार कारोबार रकम बढाउन टेवा दियो।

कुमारी बैंकको पाँच करोड ९३ लाख रुपैयाँको शेयर कारोबार हुँदा संस्थापक शेयर मात्रै १ अर्ब भन्दा बढीको शेयर कारोबार भयाे। जसको कारण पनि बिहीबार कारोबार रकम बढेको हो। १ अर्ब नै घटाउँदा पनि दोस्रो बजारमा बिहीबार राम्रै कारोबार भएको छ। अहिलेको अवस्थामा १ अर्ब ७९ करोड रुपैयाँ नियमित कारोबार हुनु भनेको राम्रै हो।

बुधवार सामान्य अंकले बढेको बजार बिहीबार थप बजार बढेको छ। कारोबार रकम सँगै बढेको सूचकले शेयर बजारलाई बिस्तारै माथि लैजान खोजिरहेको बताइएको छ। बजारले अहिले मौद्रिक नीतिको समीक्षालाई पर्खिरहेको र शुक्रवार आउने भनिएको समीक्षाले बजारको लय निर्धारण गर्ने नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले बताए। “बजारले अहिले मौद्रिक नीतिको समीक्षालाई पर्खिरहेको छ। शुक्रवार आउने मौद्रिक नीतिले आउने दिनमा बजारको लय निर्धारण गर्ने छ,” रानाभाटले भने।

हुन त अहिले बजार निक्कै तल रहेको र अर्को तर्फ लिनु पर्ने टाइट नीति लिइसकेकोले पनि आउने दिनमा समीक्षामा खासै लचकता नअपनाई पनि त्यसलाई बजारले खासै वास्ता गर्ने छैन। बजार निक्कै लामो समय तल बसिसकेकोले पनि शेयर बजार आउने दिनमा बढ्दो लयमा नै जाने बताइएको छ। “बजार तल्लो बिन्दुमा रहेको निक्कै समय भयो। जसले गर्दा पनि अब पुनःबजारले बढ्दो लय समाउने बेला भएको जस्तो लाग्छ,” रानाभाटले भने।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।