सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

Jan 31, 2024 09:38 AM Merolagani



माघ १७ गते, बुधबार, सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले गत पुस २५ गतेदेखि माघ १० गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

सो शेयरमा कुल ३३ हजार ८२४ जनाले २१ लाख ३९ हजार २२० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये १४ आवेदन रद्द भएको छ भने ३३ हजार ८१० आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।