सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

Jan 31, 2024 09:38 AM Merolagani



माघ १७ गते, बुधबार, सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले गत पुस २५ गतेदेखि माघ १० गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

सो शेयरमा कुल ३३ हजार ८२४ जनाले २१ लाख ३९ हजार २२० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये १४ आवेदन रद्द भएको छ भने ३३ हजार ८१० आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।