बुटवल पावर कम्पनीको नाफा संकुचन

Feb 11, 2024 10:06 AM Merolagani

बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड ४ लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानीसँगै वित्तीय आम्दानी पनि घटेका कारण खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४१ करोड ३९ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी एक करोड ७६ लाख रुपैयाँ घटेकाे हो । यस अवधिमा कम्पनीको वित्तीय आम्दानी दुई करोड ७० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ७३ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४६ पैसा छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २९.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ७३ पैसा रहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।