५५० किलोमिटर रेन्ज दिने टेस्ला मोडल थ्री फेसलिफ्ट नेपालमा, मूल्य एक कराेड ३५ लाख

Feb 22, 2024 01:57 PM Merolagani

अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा आएको छ। अरेट इन्टरनेशनलले बिहीवार एक कार्यक्रम गर्दै याे गाडी सार्वजनिक गरेकाे हाे ।

टेस्लाले पहिलो पटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको यस मोडल थ्री लग्जरी इलेक्ट्रीक कार बर्गमा सर्वोत्कृष्ट स्थान रहेकाे छ। टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो, त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्री को रिफ्रेस्स भर्सन हो।
 
फराकिलो ३६० डिग्री को दृश्य देखिन सक्ने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ क्याविनको कारण यस नयाँ मोडल थ्रीले विश्वभर चर्चा पाउन सफल भएको छ।
याे गाडीले ५५० किलाेमिटर रेन्ज दिने कम्पनीले जनाएकाे छ । ५८ किलाेवाट हावरकाे ब्याट्री दिएकाे याे गाडीमा १८४ एमएम ग्राउन्ड कि्लयरेन्स रहेकाे छ । ५.८ सेकेन्डमै १०० किलाेमिटरकाे रफ्तार भेटाउछ । रियर ह्वील ड्राइभमा आधारित याे गाडीले ३४० एनएम टर्क जेनेरेट गर्छ ।
 
‘टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो । त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको फेसलिफ्ट मोडलले कम बजेटमा लग्जरी कार चढ्न चाहने ग्राहकको चाहना पुरा गर्नेमा हामी विश्वस्त छौं’ कम्पनीका प्रमुुख कार्यकारी अधिकृत विनोद श्रेष्ठले भने ।
 
पहिलो पटक कूलिंग सहितको भेन्तिलेतेद सीट रहेको यस भर्सनमा प्रयोग गरिएको सीट म्याटेरिएल पनि पूर्ण रुपमा क्याक्टसबाट निर्मित, दाग प्रतिरोधी (स्टेनलेस) लेडर हो। एरो डाइनमिक र वाटर सिंक प्रुफ सहितको विशेषता रहेको यस कार, सुरक्षाको दृष्टिकाेणमा अन्तर्राष्ट्रिय (एनएचटीसीए) बाट ५ स्टार को रेलिंग प्राप्त गरेको छ।
 

कालो सेतो र काठको कलरबाट सजिएको भित्रि भागमा निकै स्लीम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा पाउन सकिन्छ। ड्यासबोर्डमा दिइएको १५४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सक्दछौं। यस मोडलमा कुनै पनि बटम ड्यास बोर्डमा छैन। यहाँसम्म कि गियर नब पनि डिजिटल नै उपलब्ध रहेकोछ।

गियर शिफ्टिंग, इण्डिकेटर प्रयोग लगायतका फंक्सनहरु समेत डिजिटल रुपमा उपलब्ध रहेकोले यसको इण्टेरिएर अझ फराकिलो र सुन्दर बनेको छ। पछाडि बस्ने प्यासेन्जरको लागि समेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यस मोडलमा पाउन सकिन्छ। सबै लाइट एलइडी रहेको कारमा १९ ईन्चको आकर्षक अलोय ह्वील दिइएको छ।
 
यो कार रातो, कालो, निलो, सेतो र खरानी कलरमा उपलब्ध रहने छ। एडास फिचर पर्ने सम्पूर्ण सुरक्षा फिचर यसमा दिइएको छ। नेपालमा याे गाडीकाे मूल्य १ कराेड ३५ लाख ताेकिएकाे छ ।
 
 
 
comments powered by Disqus

मौद्रिक नीतिमा ओली झस्किनुको कारण आईएमएफः खतिवडाको अध्ययन कहिले सकिएला ?

Jul 24, 2024 05:44 AM

मौद्रिक नीति कहिले जारी होला भन्ने संशय रहेकै बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा प्रतिवेदनको आधारमा प्रधानमन्त्री केपी ओली झस्किएका छन् ।