टेरामेक्स अनुसन्धान अन्तिम अवस्थामा पुगेको छ, केही समयभित्रै रिजल्ट आउछ: अख्तियार प्रमुख आयुक्त राई

Feb 27, 2024 04:45 PM Merolagani



अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको अनुसन्धान अन्तिम अवस्थामा पुगेको दाबी गरेका छन ।

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध कल वाइपासको अनुगमन गर्न भन्दै खरिद गरेको टेरामक्स प्रविधिमा भ्रष्टाचार प्रकरणको अनुसन्धान टुङ्गिन लागेको उनले बताएका हुन ।

संसदको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा अख्तियार प्रमुख राईले अनुसन्धान अन्तिम चरणमा पुगेको बताए । उनले भने ‘अनुसन्धान करिव अन्तिम अवस्थामा पुगेको छ, केही समयभित्रै रिजल्ट आउनसक्छ।’ 

तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै अख्तियारले बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव रहेका हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग पनि बयान लिएको छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।