टेरामेक्स अनुसन्धान अन्तिम अवस्थामा पुगेको छ, केही समयभित्रै रिजल्ट आउछ: अख्तियार प्रमुख आयुक्त राई

Feb 27, 2024 04:45 PM Merolagani



अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको अनुसन्धान अन्तिम अवस्थामा पुगेको दाबी गरेका छन ।

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध कल वाइपासको अनुगमन गर्न भन्दै खरिद गरेको टेरामक्स प्रविधिमा भ्रष्टाचार प्रकरणको अनुसन्धान टुङ्गिन लागेको उनले बताएका हुन ।

संसदको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा अख्तियार प्रमुख राईले अनुसन्धान अन्तिम चरणमा पुगेको बताए । उनले भने ‘अनुसन्धान करिव अन्तिम अवस्थामा पुगेको छ, केही समयभित्रै रिजल्ट आउनसक्छ।’ 

तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै अख्तियारले बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव रहेका हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग पनि बयान लिएको छ ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।