सर्वोत्तम सिमेन्टको आईपीओ १० लाख भन्दा धेरैले भरे, साढे ९ लाख बढीले शेयर नपाउने

Feb 28, 2024 05:21 PM Merolagani



सर्वोत्तम सिमेन्ट लिमिटेड(SCML)को आईपीओ भर्ने साढे ९ लाख भन्दा धेरैकाे हात खाली हुने भएकाे छ ।  कम्पनीकाे आईपीओका लागि अन्तिम दिनसम्ममा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ। 

सिडिएससी एण्ड क्लियरीङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा १० लाख १२  हजार ३८४ जना आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

यस अनुसार याे कम्पनीकाे शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर नपाउने भएका हुन् ।

सर्वोत्तम सिमेन्ट लिमिटेडले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियाे।

सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज  अन्तिम दिन थियाे ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।