मुक्तिनाथ विकास बैंकको नाफामा तिब्र सुधारको कारण यस्तो :

Jan 25, 2016 Mero Lagani



गत आर्थिक वर्षमा आफ्ना लगानीकर्तालाई ३१ प्रतिशत बोनस शेयर दिएको मुक्तिनाथ विकास बैंकको खुद नाफा दोस्रो त्रैमासमा १५ करोड रुपैंया पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले आफ्नो नाफा ५५ प्रतिशतले बढाएको हो । उच्च प्रतिफल दिंदै विकास बैंकमा पहिलो स्थानमा बसेको बैंकले कसरी आफ्नो नाफा यसरी निरन्तर बढाएको हो त ?...

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड २५ लाख रुपैंया खुद नाफा कमाएको बैंकले यस पटक खुद नाफा ५५ प्रतिशत भन्दा बढीले बढाएर १५ करोड ९० लाख १७ हजार रुपैंया पुर्याएको हो ।

समिक्षा अवधिमा निक्षेप संकलन झण्डै दोब्बर मात्रामा वृद्धि गरेको बैंकले कर्जा प्रवाह पनि उल्लेख्य मात्रामा वृद्धि गरेको छ । उसले समिक्षा अवधिमा निक्षेप संकलन ५ अर्ब ८५ करोड रुपैंयाबाट बढाएर ९ अर्ब २३ करोड रुपैंया पुर्याएको छ । त्यसै गरि कर्जा प्रवाह ५ अर्ब २० करोड रुपैंयाबाट बढाएर ७ अर्ब ८६ करोड रुपैंया पुर्याएको छ । यसरी कर्जा र निक्षपको दायरा क्रमशः ५८ प्रतिशत तथा ५१ प्रतिशतले बढाएको बैंकको खुद व्याज आम्दानी २१ करोड ८० लाख रुपैंयाबाट ९ करोड रुपैंयाले वृद्धि भएर ३० करोड ८७ लाख रुपैंया पुगेको छ । खुद व्याज आम्दानीमा आएको यो वृद्धि गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा झण्डै ४२ प्रतिशतले बढी हो ।

यसका अलावा बैंकले सञ्चालन मुनाफा पनि झण्डै ५० प्रतिशतले नै वृद्धि गरेर २३ करोड ३० लाख रुपैंया पुर्याएको छ । गत आर्थिक वर्षको दास्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा १५ करोड ६४ लाख रुपैंया मात्र थियो । व्याज आम्दानी र सञ्चालन मुनाफामा तिब्र सुधार गरेकै कारण बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।

यसका अलावा बैंकको निष्कृय कर्जा अनुपातमा पनि समिक्षा अवधिमा उल्लेख्य सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा शुन्य दशमलव ४८ प्रतिशत रहेको निष्कृय कजाृ अनुपात यस पटक शुन्य दशमलव २६ प्रतिशतमा झरेको छ । यस क्रममा बैंकले १ करोड ४६ लाख रुपैयाँ प्रोभिजन गरिे ७२ लाख रुपैयाँ राइट व्याक गरेको छ ।

जगेडा कोषमा पनि बैंकले फराकिलो अंकको सुधार गरि आफुलाई अझै बलियो बनाउने कोशिस गरेको छ । गत आर्थिक वर्षको दास्रो त्रैमासमा १९ करोड ११ लाख रुपैंया रहेको जगेडा कोषलाई बैंकले यस पटक २९ करोड ३० लाख रुपैंयामा पुर्याएको छ । जगेडा कोषमा आएको ५३ प्रतिशतको वृद्धिले बैंकलाई अझै बलियो बनाउनुका साथै आगामी वर्ष पनि उच्च प्रतिफल दिन सक्ने क्षमता रहेको बैंकका रुपमा स्थापित गरेको छ ।


चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकका अन्य सुचांकहरु प्रति शेयर आम्दानी (वार्षिक) ३७ रुपैंया ९३ पैसा, मुल्य आम्दानी अनुपात (वार्षिक) १९ दशमलव १४ प्रतिशत, प्रति शेयर नेटवर्थ १ सय ३४ रुपैंया ४२ पैसा, तरलता अनुपात २८ दशमलव ५० प्रतिशत रहेका छन् ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैंया आफैंले पुर्याउने योजना अनुसार हाल ८३ करोड ८४ लाख रुपैंया चुक्ता पूँजी भएको बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । अबका २ वर्ष उच्च दरमा बोनस शेयर बितरण दिंदै उपयुक्त साझेदारसंग मर्जरमा जाने बाटो पनि बैंकले खुल्ला गरेको छ ।

आइतबार बैंकको प्रतिकित्ता शेयरको मुल्य ४ दशमलव ३५ प्रतिशतले वृद्धि भएर ८ सय ६० रुपैंयामा किनबेच भएको छ ।

मुक्तिनाथले पचास प्रतिशत हकप्रद दिने, पूँजी बढाउन मर्जरको विकल्प समेत खुला

मुक्तिनाथ बिकास बैंकको ३१ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद, आफै चुक्ता पूँजी दुई अर्ब ५० करोड पुर्याउने

राम्रा लघुवित्तका शेयर किने मालामाल, उचालिएर खराब कम्पनीका शेयर किन्दा डुब्ने चाल

कास्कीको काहूँखोलामा मुक्तिनाथ विकास बैंकले खोल्यो अर्को शाखा

पोखराका बिकास बैंक र फाईनान्सहरु बलियो र सक्षम देखिनुको यस्तो रहेछ रहस्य

मुक्तिनाथ विकास बैंकको ३३.६८ प्रतिशत लाभांश प्रस्ताव,पहिलो त्रैमासमै कमायो ६ करोड ८६ लाख खुद मुनाफा

मुक्तिनाथ विकास बैंकमा किन बढ्दैछ लगानीकर्ताको आकर्षण ? एक विष्लेशण

यस्तो प्रगति गर्ने अरु छ कुनै बिकास बैंक ?

........................................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।