बैंकहरूको ब्याजदर घटाउने विषयको बखेडा समाप्त, असारसम्म ऋणीलाई राहत

May 14, 2020 01:15 PM Merolagani



नेपाल राष्ट्र बैंकको दिएको निर्देशन बमोजिम दुई प्रतिशत ब्याजदर घटाउन बैंकहरु सहमत भएका छन्।

 

केन्द्रीयबैंकले तोकेका व्यवसायीलाई उक्त अवधिसम्मको व्याज छुट हुने छ। यस अघि बैंकहरूले यस्तो व्याज घटाउन नमिल्ने भन्दै बखेडा गर्दै आएका थिए। बैंक एक्लैले सबै व्याज छुट दिँदा बैंकको नाफा घट्ने भन्दै उनीहरूले राष्ट्र बैंकको निर्देशनलाई अटेर गर्दै आएका थिए। केन्द्रीय बैंकले तोकेको व्याजदरको लाभ असार मसान्तसम्म व्यवसायीले प्राप्त गरिसक्ने बैंकहरूको छाता सङ्गठन नेपाल बैकर एसोसिएसनले जनाएको छ।

तर चौतर्फी रूपमा दबाब आएपछि उनीहरूले बैठक नै डाकेर सहमति गरौँ भन्ने निष्कर्षमा पुगेका बुझिएको छ। अब केन्द्रीय बैंकले भने बमोजिम नै व्यवसायीले उक्त लाभ पाउने छन्। तर अझै बैंकहरू छुट दिने विषयलाई बैंकहरूले थप एक महिना पर धकेल्ने सहमति गरेका छन्। यस अघि जेठमै उक्त निर्देशन बमोजिम गर्ने मनसाय बनाएका बैंकले थप एक महिना पर धकेल्ने निर्णय गरेका हुन्।

चैतको बेसरेट अनुसार वैशाखमा रिभाइज भइसकेको छ। तेस्रो त्रैमाससम्ममा कुनै समस्या नदेखिएको तर वैशाखबाट थोरै समस्या देखिन थालेको निष्कर्श बैंकहरूको छ। अब चैतको बेस रेटबाट गणना भएको आधारमा असारमा तोकिएका व्यवसायीलाई दुई प्रतिशत व्याज छुटको लाभ पाउने छन्। थलिएका व्यवसायीलाई अन्तिम त्रैमासकालागि राहत हुने छ। 

कोरोना प्रभावित ऋणीहरूको लागि केन्द्रीय बैंकले दोस्रो राहत प्याकेजको घोषणा गरेको थियो। बैङ्क तथा वित्तीय संस्थाहरूको नाममा निर्देशन जारी गर्दै २०७६ चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले कम गरी २०७६/७७ को चौथो त्रैमासको ब्याज रकम गणना गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसै गरी घ वर्गका लघुवित्त वित्तीय संस्थाहरूले भने चैत मसान्तको ब्याजदरमा ३ प्रतिशत विन्दुले घटाउनुपर्ने छ तर थोक कर्जा प्रवाह गर्ने लघुवित्तहरुले भने २ प्रतिशतले नै ब्याजदर घटाउनुपर्ने व्यवस्था गरेको छ। असार मसान्तपश्चात् भने विद्यमान व्यवस्था अनुसार आधार दरको आधारमा कायम हुने निर्धारण गर्न सकिने केन्द्रीय बैङ्कले जनाएको छ।

 



यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।