शेयरको भित्रि कारोबारमा प्रहरीले अनुसन्धान गर्ने भएपछि शेयर बजारमा बढ्यो बिक्री चाप, सूचक २,००० विन्दु तल झर्यो

Apr 16, 2024 03:29 PM Merolagani



शेयरको भित्रि कारोबारमा प्रहरीले अनुसन्धान गर्ने भएपछि शेयर बजारमा बिक्री चाप बढेको छ। जसले गर्दा मंगलबार सूचक २००० विन्दु तल झरेको छ।

नेप्सेले यस दिन २,००० को मनोबैज्ञानिक सपोर्ट विन्दुलाई तोडेर तल झरेको हो।

मंगलबार नेप्से सूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा बन्द भएको छ। पछिल्लो दिनहरुमा कारोबार रकम पनि घट्दै गएको छ। मंगलबार कारोबार रकम २ अर्ब १० करोड रुपैयाँमा सिमित भएको छ। यस दिन २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ बराबरको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर कारोबार भएको हो।

धितोपत्र कारोबारमा इन्साइडर ट्रेडिङ अर्थात शेयरमा भित्रि कारोबारमा अब प्रहरीले अनुसन्धान गर्ने भएको छ। धितोपत्र सम्बन्धी ऐन २०६३ को बुँदा नम्बर १०३ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । राजपत्रमा प्रकाशन गरी ऐन कार्यान्वयनमा ल्याइएको छ । यसले लगानीकर्ताको मनोबल थप खस्केको छ। जसले गर्दा शेयर बजारमा बिक्री चाप बढेको देखिन्छ।

पूँजीबजार सुधारको लागि काम हुन नसकेको भन्दै निराश बनेका लगानीकर्तामा यसले झनै निराशा थपेको छ। जसले असर बजारमा देखिएको छ।

यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.९६ प्रतिशतले बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको ५.०२ प्रतिशत र दिब्यश्वरी हाइड्रोपावरको ४.४ प्रतिशतले बढेको छ। यता रुरु हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेकाे छ भने पोखरा फाइनान्सको ६.७४ प्रतिशत र सिवाइसिएल लघुवित्तको ६.५० प्रतिशतले घटेको छ।

मंगलबार गोर्खाज फाइनान्सको १७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ४३ लाख र पोखरा फाइनान्सको ६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।