नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आजको बजारमा चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला दुई हजार १५५ रूपैयाँमा किनबेच भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।