राष्ट्रपतिको मृत्युपछि इरानी शेयर बजारमा भारी गिरावट

May 21, 2024 08:47 AM Merolagani



इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा मृत्युको खबरको प्रभाव स्थानिय शेयर बजारमा देखिएको छ। उनको मृत्युपश्चात तेहेरान स्टक मार्केटको प्रमुख सूचक टेडपिक्स उच्च दरमा घटेको छ।

पहिलेदेखि नै घटिरहेको टेडपिक्स राष्ट्रपतिको मृत्युपछि आइतबार २.६८ प्रतिशत घटेको थियो। सो दिन टेडपिक्स ५८ हजार ५८ अंक घटेर २१ लाख ६ हजार ४३९ विन्दुमा झरेको थियो। सो दिनको गिरावट अघिल्लो साताभरीको गिरावटभन्दा बढी हो। अघिल्लो साता टेडपिक्स २.५२ प्रतिशत घटेको थियो।

इरानको शेयर बजार पहिलेदेखि नै घट्दो क्रममा रहेको थियो। र अहिले धेरै उथलपुथल देखिएको छ। पछिल्लो १ महिनामा त्यहाँको शेयर बजार ७ प्रतिशत घटेको छ। तेहेरान टाइम्सका अनुसार गत शनिबार पनि त्यहाँको बजारमा ठूलो गिरावट देखिएको थियो। सो दिन टेडपिक्स १० हजार ८०० अंक घटेको थियो। तर, राष्ट्रपतिको मृत्युपछि शेयर बजार घट्ने क्रममा तिव्रता देखिएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।