राष्ट्रपतिको मृत्युपछि इरानी शेयर बजारमा भारी गिरावट

May 21, 2024 08:47 AM Merolagani



इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा मृत्युको खबरको प्रभाव स्थानिय शेयर बजारमा देखिएको छ। उनको मृत्युपश्चात तेहेरान स्टक मार्केटको प्रमुख सूचक टेडपिक्स उच्च दरमा घटेको छ।

पहिलेदेखि नै घटिरहेको टेडपिक्स राष्ट्रपतिको मृत्युपछि आइतबार २.६८ प्रतिशत घटेको थियो। सो दिन टेडपिक्स ५८ हजार ५८ अंक घटेर २१ लाख ६ हजार ४३९ विन्दुमा झरेको थियो। सो दिनको गिरावट अघिल्लो साताभरीको गिरावटभन्दा बढी हो। अघिल्लो साता टेडपिक्स २.५२ प्रतिशत घटेको थियो।

इरानको शेयर बजार पहिलेदेखि नै घट्दो क्रममा रहेको थियो। र अहिले धेरै उथलपुथल देखिएको छ। पछिल्लो १ महिनामा त्यहाँको शेयर बजार ७ प्रतिशत घटेको छ। तेहेरान टाइम्सका अनुसार गत शनिबार पनि त्यहाँको बजारमा ठूलो गिरावट देखिएको थियो। सो दिन टेडपिक्स १० हजार ८०० अंक घटेको थियो। तर, राष्ट्रपतिको मृत्युपछि शेयर बजार घट्ने क्रममा तिव्रता देखिएको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।