दुई बैंकको शेयरमूल्य समायोजन

Sep 30, 2026 06:08 AM Merolagani



असोज १४ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई बैंकको शेयरमूल्य समायोजन भएको छ। यस दिन नबिल बैंक (NABIL) र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन नबिलको ५ प्रतिशत र गरिमा (GBBL) को १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात नबिल बैंकको शेयरमूल्य ५३९ रुपैयाँ ५ पैसा कायम भएको छ भने गरिमाको ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार दोस्रो बजारमा नबिलको शेयर प्रतिकित्ता ५६६ रुपैयाँमा र गरिमाको ४५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।