ब्याजदर घट्ने चर्चासँगै बढ्यो शेयरबजार, ९ कारोबार दिनपछि २१०० विन्दुभन्दा माथि नेप्से

Jun 11, 2024 03:09 PM Merolagani



मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले असार महिनामा पनि ब्याजदर घटाउने चर्चा चलेसँगै यस दिन बजार बढ्न पुगेको हो।

यस दिन नेप्से बढेर २१०० विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से परिसूचक ९ कारोबार दिनपछि २१०० विन्दुभन्दा माथि बन्द भएको हो। यस अघि जेठ १४ गते, नेप्से २१०० विन्दुभन्दा माथि बन्द भएको थियो।

यस दिन नेप्से ३३.१५ अंक बढेर २११५.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ५ अर्ब ४९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ७४ हजार ८७७ पटकको कारोबारमा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पाँच स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.८१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको २३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई लघुवित्त र जानकी फाइनान्सको कारोबार रकम १० करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।