सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Nov 23, 2026 03:09 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक २.२६ अंक बढेर २६२३.५६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। गत शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३६० स्टकको ४२ हजार ८५४ पटकको कारोबारमा ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँबराबरको १ करोड ८ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १०.५८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन माउन्टेन हाइड्रोको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने बुंगल हाइड्रोको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको भिजन लुम्बिनी उर्जा कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.३३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। यस दिन सो बैंकको १५ करोड ९३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एनआईसी एशिया बैंकको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, लगानी र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।