गत साता साढे १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jun 16, 2024 06:30 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २०७७.७८ विन्दुमा बन्द भएको नेप्से, गत साता १.६६ प्रतिशत अर्थात ३४.५१ अंक बढेर २११२.२९ विन्दुमा बन्द भएको छ।

गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने दुई कारोबार दिन घटेर बन्द भएको थियो। सो साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। गत साताको बजारलाई बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्ने समाचारले प्रभाव पारेको हो।

 

प्रतिरोध क्षेत्रमा

गत साता नेप्से परिसूचक प्रतिरोध क्षेत्रमा कारोबार भएको थियो। हाल नेप्सेको प्रतिरोध क्षेत्र २०८० देखि २१२५ सम्म रहेको छ। नेप्से गत साता सोही क्षेत्रभित्र कारोबार भएको थियो। नेप्सेले सो प्रतिरोध क्षेत्र तोड्ने कोशिस गरेको थियो। तर साताको अन्तिम कारोबार दिन बजारमा बिक्रीकर्ता हाबी भएपछि ब्रेकआउट दिन सफल भएन। हाल नेप्सेको टेवा क्षेत्र १९३० देखि १९५० सम्म रहेको छ।

रिभर्सलको संकेत

गत बुधबार नेप्सेले रिभर्सल मैनबत्ती बनाएको थियो। जसको फलस्वरुप बिहीबार नेप्से सामान्य अंक घटेर बन्द भयो। साताको अन्तिम कारोबार दिन बनेको रातो मैनबत्तीले सो दिन बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले स्पिनिङ्ग टप जस्तो मैनबत्ती बनाएको छ जसले सो साता लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ७१ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा १८.४६ प्रतिशत बढी हो।

बुलिश क्रशओभर

गत साताको बुधबार नेप्सेले एमएसिडीमा बुलिश क्रशओभर बनाएको छ। यसले आगामी दिनमा नेप्से बढ्ने सक्ने संकेत गर्दछ। साताको अन्तिम दुई कारोबार दिन नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रतर्फ बढ्दै गइरहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।