गत साता १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Nov 23, 2026 06:01 AM Merolagani



गत साता नेप्से परिसूचक १ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २६४८.८९ विन्दुमा बन्द भएको नेप्से, गत साता १.०४ प्रतिशत अर्थात २७.६० अंक घटेर २६२१.२९ विन्दुमा बन्द भएको हो।

गत साता चार कारोबार दिनका लागि बजार खुलेको थियो। जसमा तीन कारोबार दिन नेप्से घटेर बन्द भएको थियो भने एक कारोबार दिन सामान्य अंक बढेको थियो।

 

टेवा क्षेत्र नजिक

तिहार अघि २७०० देखि २७५० को प्रतिरोध क्षेत्र परीक्षण गरी ओरालो लागेको नेप्सेले गत साता पनि सोही क्रमलाई निरन्तरता दिएको छ। यससँगै नेप्से परिसूचक २५५० देखि २६०० को टेवा क्षेत्र नजिक झरेको छ।

कन्सोलिडेशन फेज

हाल नेप्से परिसूचक १० दिने, २५ दिने, ५० दिने र १०० दिने मुभिङ्ग एभरेजको वरिपरि कन्सोलिडेशन फेजमा रहेको छ। गत साताको अन्तिम कारोबार दिन नेप्से १० दिने र २५ दिने मुभिङ्ग एभरेजभन्दा ठीक तल रहेकोले अल्पकालीन ट्रेडरहरुका लागि यो असहज स्थिति मानिन्छ।

कमजोर भोल्यूम

गत साता चार कारोबार दिन नेप्सेको दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा कम रहेको छ। कारोबार रकम सुस्त हुनुले लगानीकर्ताहरु आगामी दिनको स्पष्ट दिशाको प्रतिक्षामा रहेको संकेत गर्दछ।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। र यी दुई रेखाहरु बीचको दूरी फराकिलो हुँदै गइरहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदचाप घट्दै

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनबाट न्यूट्रल जोनमा झरेको छ। यसले बजारमा खरिदचाप घट्दै गएको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।