हिमालयन उर्जालाई हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृती

Jun 23, 2024 10:17 AM Merolagani



नेपाल धितोपत्र बोर्डले हिमालयन उर्जा विकास कम्पनी लिमिटेड (HURJA) लाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले कम्पनीलाई असार ७ गते हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ। शतप्रतिशत हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।