किसान लघुवित्त र जाल्पा लघुवित्तको शेयर कारोबार रोक्का

Jun 24, 2024 10:02 AM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ।

यी दुई लघुवित्त एक आपसमा मर्ज भइ एकीकृत कारोबार सुरु गर्नका लागि शेयर कारोबार रोक्का गरिएको हो। यी दुई लघुवित्तले मातृभूमि लघुवित्त वित्तीय संस्थाको नाममा यही असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। सोही प्रयोजनार्थ ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा ९ मा भएको व्यवस्था बमोजिम शेयर कारोबार रोक्का गरिएको हो।

एकीकृत कारोबारका लागि यी दुई लघुवित्तले गत जेठ २९ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती दिएको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।