फागुन २९ गतेदेखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार रोक्का

Mar 12, 2023 10:24 AM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन २९ गतेदेखि सगरमाथा  र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार रोक्का हुने भएको छ। यी इन्स्योरेन्सहरूको शेयर काराेबार १५ दिनका लागि रोक्का हुने भएको हो।

मर्जरपश्चात गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९, बमोजिम गाभ्ने गाभिने कम्पनीको शेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनका लागि एकिकृत कारोबार भएको मितिबाट १५ दिनका लागि शेयर कारोबार रोक्का गरिन लागेको हो।

साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपश्चात सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट फागुन २९ गतेदेखि एकिकृत कारोबार हुँदैछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।