गत साता करिब साढे १६ अंक घटेको नेप्से, यस साता के होला?

Jun 30, 2024 06:20 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे १६ अंक घटेर बन्द भएको थियो। अघिल्लो साता २०६८.३१ विन्दुमा बन्द भएको नेप्से, गत साता १६.३९ अंक अर्थात ०.७९ प्रतिशत घटेर २०५१.९२ विन्दुमा झरेको छ।

गत साता पाँच कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेको थियो। गत साता सोमबार र मंगलबार नेप्से सामान्य अंक बढेर बन्द भएको थियो भने बाँकी कारोबार दिन घटेर बन्द भएको थियो।

 

प्रतिरोध परीक्षण गरी फर्कियो

गत साता नेप्से परिसूचक प्रतिरोध परीक्षण गरी फर्किएको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २०८० देखि २१२५ सम्म रहेको छ। त्यस्तै, आगामी दिनमा नेप्से ओरालो लागेमा १९३० देखि १९५० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले रातो मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम दुई कारोबार दिन पनि नेप्सेले बियरिश मैनबत्ती नै बनाएको थियो। यसले सो साता र सो दिनहरुमा बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब २८ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ६.५५ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको छ। सो साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रतर्फ बढ्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।