नुनको मूल्य बढेपछि साल्ट ट्रेडिङको शेयर मूल्यमा उछाल

Jul 03, 2024 06:25 PM Merolagani



नुनको मूल्य बढेपछि साल्ट ट्रेडिङको शेयरमूल्यमा उछाल आएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको थियो।

कर्पोरेशनले आयो नुन १ किलो प्याकेटको २३ रुपैयाँबाट बढाएर अब २६ रुपैयाँ, न्यू शक्ति नुन १ किलोको १७ रुपैयाँबाट बढाएर २० रुपैयाँ र भानू नुन १ किलोको मूल्य ९ रुपैयाँ कायम गरेका थियो।

कर्पोरेशनले नुनको मूल्य बढाएपछि त्यसको असर बुधबार उसको शेयरमूल्यमा देखिएको छ। बुधबार सुरुवातमै कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले बढेको थियो। अन्तिममा भने ६.३२ प्रतिशत अर्थात प्रतिकित्ता २९७ रुपैयाँले बढेर ४ हजार ९९७ रुपैयाँ पुगेको छ। साथै बुधबार उसकाे काराेबार रकम पनि ह्वातै बढेकाे छ। 

नुनको मूल्य बढ्दा कर्पोरेशनको नाफा बढ्ने अपेक्षाले लगानीकर्ताको आकर्षण बढेको छ। जसले गर्दा बुधबार उसको शेयरमूल्य उच्च दरमा बढेको हो।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।