बाढीका कारण बुटवल पावरको आँधीखोला जलविद्युत आयोजनमा क्षति

Jul 07, 2024 09:48 AM RSS



अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीले बुटवल पावरको आँधीखोला जलविद्युत आयोजनामा क्षति पुगेको छ। जसका कारण ४० हजार घरमा हिजो शनिबार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको छ।

आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिटी, बालुवा भरिएको बीपीसीका प्रमुख डोल खरेलले बताए। ‘खोलामा जल सतह बढिरहेकाले अहिले पानी सङ्कलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेर मात्रै टनेलमा पानी पठाउँछौँ र विद्युत् सेवा सञ्चालन हुनेछ।’

गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको ९.४ मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मीको केही भेग र पर्वतको केही भेग गरी करिब ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको खरेलले जानकारी दिए।

वालिङ–६ स्थित मिर्दी खोलामा आएको बाढीले मिर्दी बजार नजिकै रहेको वितरण लाइनको पोल बगाएको र खोला बढेकाले उपकरणसहित मर्मत गर्न जानसक्ने अवस्था नरहेको पनि उनले बताए।

बाढी र पहिराका कारण कहाँ के कति क्षति भएको छ भनी खोजी गरिरहेका बताउँदै खरेलले कार्यालयलाई जानकारी आएका र थाहा पाइएका केही ठाउँमा मर्मत भइसकेको र केही मर्मत भइरहेको जानकारी दिए। कतिपय ठाउँमा जलसतह बढी भएकाले मर्मतमा समस्या भइरहेको उनको भनाइ छ।

मर्मतका लागि प्राविधिक र उपकरण तयारी अवस्थामा भएपनि ठाउँ ठाउँमा सडक अवरुद्ध भएकाले कठिनाइ भइरहेको बीपीसीका प्रमुख खरेलले बताए। विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक काममा समस्या भइरहेको स्थानीय बताउँछन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।