लगानीकर्ताले गरे प्रोफिट बुक, नेप्सेमा सामान्य करेक्सन

Jul 08, 2024 03:09 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको सोमबारदेखि उकालो लागेको नेप्से, यस दिन भने सामान्य अंक घटेर बन्द भएको हो।

पछिल्ला ५ कारोबार दिन नेप्से परिसूचक १०३.८६ अंक बढेको छ। बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो।

सोमबार नेप्से परिसूचक ४.६२ अंक घटेर २१३६.३५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ५९ हजार ९७४ पटकको कारोबारमा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.३९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन जानकी फाइनान्सको साढे १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी करिब १० करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशत घटेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।