सातामा साढे १४ अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Sep 05, 2026 06:13 AM Merolagani



यस साता नेप्से परिसूचक साढे १४ अंक घटेर बन्द भएको छ। गत साता २५५७.३१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.५७ प्रतिशत अर्थात १४.५४ अंक घटेर २५४२.७७ विन्दुमा बन्द भएको छ।

यस साता चार कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये तीन कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता फ्लोट इण्डेक्स १.६२ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ९७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १८.५२ प्रतिशत कम हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १५.०८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ७.९१ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.५७ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २५ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ७३ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस साता लगानी उपसमूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशत बढेको छ। गत साता ९३.९४ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १.०५ अंक बढेर ९४.९९ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ६७.१४ अंक बढेको छ।

यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.५५ प्रतिशत घटेको छ। गत साता ९७३३.७८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ४४३.०८ अंक घटेर ९२९०.७० विन्दुमा झरेको छ।

यस साता उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २१.५१ प्रतिशत बढेको छ। गत साता २ हजार ४०८ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता २ हजार ९२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पियोर इनर्जीको शेयरमूल्य यस साता सर्वाधिक १३.८० प्रतिशत घटेको छ। त्यसैगरी, यस साता सर्वोत्तम पेन्ट्सको शेयरमूल्य करिब साढे १३ प्रतिशत घटेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको मूल्य साढे १० प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता पाँचथर पावर कम्पनी, त्रिशुली जलविद्युत कम्पनी, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सपोर्ट लघुवित्त वित्तीय संस्था, माछापुच्छ्रे बैंक, तेह्रथुम पावर कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।