मंगलबार नेप्से परिसूचक ९.२४ अंक बढेर २५२२.६६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४१ स्टकको ४८ हजार ३४१ पटकको कारोबारमा २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँबराबरको ७६ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ७.१५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ भने इमर्जीङ्ग नेपालको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.४८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम १० करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.०० प्रतिशत घटेको छ।