नथिङ मोबाइल ब्राण्डद्वारा नेपालमा आफ्नो फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक

Jul 08, 2024 06:18 PM Merolagani



नथिङ मोबाइल ब्राण्डले नेपालमा आफ्नो फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरेको छ ।

कार्ल पेइद्धारा स्थापित ब्रिटिस आधारित उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो उप ब्राण्ड सीएमएफ मार्फत विश्वव्यापी रुपमा आफ्नो उत्पादन लाइनअप विस्तार गरेको हाे ।

चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी र ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले यी सीरीज सार्वजनिक गरेका हुन् । अतिथि, व्यापारिक साझेदार, सेलिब्रेटी, मिडियाहरुको उपस्थितिमा काठमाडौंस्थित भिवांतामा आयोजित कार्यक्रममा सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र वाच प्रो २को लञ्च गरिएको हाे ।

 

सीएमएफ फोन १, सीएमएफ बड्स, सीएमएफ बड्स प्रो २ र वाच प्रो २ चार वटा रंगमा बजारमा पाइन्छ । सीएमएमफ फोन कालो, सुन्तला, हल्का हरियो र निलो रंगमा उपलब्ध छ ।

यसकासाथै, नथिङले फोन 2 ए पनि ल्याएको छ । यसमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट रहेकाे छ । नथिङले इअर र इअर (ए) (इअर बड्स) पनि नेपालमा ल्याएको छ ।

 




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।